मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

ratopati.com · Sun Nov 01 14:29:04 UTC 2026

काठमाडौँ। देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन्। ती घटनाबाट तीन चौपायामा क्षति पुग्नुका साथै रु नौ लाख ४० हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा, हिमपात र जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार सबैभन्दा बढी पहिरोका १७ घटना भएका छन् । त्यस्तै अविरल वर्षाका सात, आगलागी र बाढीका पाँच-पाँच, सर्पदंश र जनावरको आक्रमणका चार-चार तथा हिमपातको एउटा घटना भएका उनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)