बीपी राजमार्गमा यातायात पुनः सञ्चालन, अवरुद्ध सबै सडक खुले
ratopati.com · Sun Nov 01 14:29:46 UTC 2026

काठमाडौँ। अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले सडक कटान गर्दा अवरुद्ध बनेको बीपी राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।
निर्माणाधीन बीपी राजमार्गअन्तर्गत पिप्ले र गिम्दीबेसी क्षेत्रमा रोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको थियो । कटान भएको क्षेत्रमा ब्याक कटिङ गरी आज साँझदेखि सडक खुलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)