मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

सुरेन्द्र सिटौलको ‘पाठशाला’ र विशाल सिटौलाको ‘आमा’ लोकार्पण

arthasansar.com · Sun Nov 01 14:36:07 UTC 2026

डा. सुरेन्द्र सिटौलाको कृति ‘पाठशाला’ र डा. विशाल सिटौलाको कृति ‘आमा : एक युग एक दर्शन’ लोकार्पण गरिएको छ । काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा सिटौलाद्वयको कीर्ति सार्वजनिक गरिएको हो । पाठशालामा १४१ कविता समावेश छन् । रमणानन्दजी महाराजजीको प्रमुख आतिथ्यमा आयोजित लोकार्पण कार्यक्रममा नवराज लम्साल, तुलसी भट्टराई, भवानीप्रसाद खतिवडा, प्राध्यापक विणा पौडेलले कृतिमाथि धारणा राखेका थिए ।

सरोज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा गायक शिशिर योगीले ‘आमा’ नामक गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकार गौरी मल्लले पनि आमा शीर्षकको कविता वाचन गरेकी थिइन् । कार्यक्रममा कलाकार मनोज गजुरेलले हास्यप्रस्तुति दिएका थिए। यस्तै कार्यक्रममा कवि रामरञ्जन पौडेलले पाठशाला पुस्तकका कविता वाचन गरेका थिए। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो । सुरेन्द्र सिटौलाको यसअघि ‘स्वर्गको बस्ती’‚ ‘देश र परिवेश’ कविता संग्रह प्रकाशित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)