बीपी राजमार्ग खुलेसँगै ‘अर्नब’ को प्रभावले अवरुद्ध सबै राजमार्ग सञ्चालनमा
nagariknews.nagariknetwork.com · Sun Nov 01 14:43:06 UTC 2026

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध बनेको देशभरको सडक यातायात सेवा पूर्ववत् अवस्थामा फर्किएको छ। रोशी खोलाको बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको बीपी राजमार्गसमेत आइतबार साँझदेखि सञ्चालनमा आएको छ। योसँगै सबै राजमार्ग सञ्चालनमा आएका हुन्।
निर्माणाधीन बीपी राजमार्गअन्तर्गत पिप्ले र गिम्दीबेसी क्षेत्रमा रोशी खोलाले सडक कटान गरेपछि यातायात आवागमन ठप्प भएको थियो। कटान भएको क्षेत्रमा ब्याक कटिङ गरेर सडक खुलाइएपछि उक्त खण्डमा सवारीसाधन सञ्चालन हुन थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)