मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरले पाेखरालाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

ratopati.com · Sun Nov 01 15:04:45 UTC 2026

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ । आइतबार जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो ।

पोखराका कप्तान कुशल भुर्तेलले २४ बलमा ५ चौकासहित २५, विपिन आर्चायले १९ बलमा २०, विपिन खत्रीले १४ बलमा अविजित १७ र किरण ठगुन्नाले ५ बलमा १५ रन बनाए । जनकपुरका मोइन अलीले ३, सैफ हसनले २ र कप्तान हर्मित सिंहले समान २ तथा ललित राजवंशी र जिम्मी निशमले समान १ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)