मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

onlinekhabar.com · Sun Nov 01 15:03:09 UTC 2026

१५ कात्तिक, काठमाडौं ।जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा जनकपुरले आइतबार पोखरालाई ९ रनले पराजित गरेको हो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाएपनि जित दिलाउन सकेनन् । उनले २४ बलमा ५ चौका प्रहार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)