मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

gorkhapatraonline.com · Sun Nov 01 15:30:10 UTC 2026

काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा जनकपुर बोल्ट्सले आज सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हरायो ।

पोखराले भने प्रतियोगितामा हारको शृङ्खला तोड्न सकेको छैन । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पनि पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा जनकपुरबाट प्राप्त १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ गुमाएर १३८ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)