मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उम्किन्छु भनेर सपना नदेख्नू - प्रधानमन्त्री शाह

arthasansar.com · Sun Nov 01 15:15:30 UTC 2026

प्रधानमन्त्री बालेन्द्र शाहले ‘उम्किन्छु भनेर सपना नदेख्नू’ भन्दै चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै प्रधानमन्त्री शाहले साङ्केतिक रूपमा यस्तो चेतावनी दिएका हुन् । उनले आफ्नो भनाइ कसलाई लक्षित गरेर लेखेका हुन् भन्ने खुलाएका छैनन् ।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कुन विषय र व्यक्तिप्रति लक्षित हो भन्नेबारे भने उनले थप स्पष्ट पारेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)