मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

khabarhub.com · Sun Nov 01 15:51:39 UTC 2026

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको विपद्का कारण म्याग्दीको मङ्गला गाउँपालिकामा १६६ परिवार प्रभावित भएका छन् । गाउँपालिकाले सङ्कलन गरेको विवरणअनुसार पाँच वटा वडा रहेको मङ्गलामा १७ घरमा पूर्ण क्षति, ७७ घरमा उच्च र ७२ घर जोखिममा परेका हुन् ।

पहिरो, बाढी र कटानका कारण क्षति पुगेका परिवारलाई अस्थायी बसोबास, राहत वितरण, क्षतिको विवरण सङ्कलन र प्रहरी मुचुल्का तयार पारी पुनःनिर्माण, प्रवलीकरण र पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए । उनका अनुसार मङ्गला–५ छिसवाङ, वडा नं. २ को भाइवाङ र वडा नं। ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा नक्साङ्कन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)