मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छुट्टै बीमा ऐन ल्याउने तयारी, विपन्न नागरिक र किसानको आर्थिक जोखिम न्यूनीकरणमा जोड

ratopati.com · Sun Nov 01 16:02:38 UTC 2026

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र बीमा क्षेत्रलाई व्यवस्थित, सर्वसुलभ र प्रभावकारी बनाउन छुट्टै प्रादेशिक बीमा ऐन निर्माणको प्रक्रिया अघि बढाएको छ ।

विपन्न नागरिक, कृषक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक जोखिम न्यूनीकरण गर्दै ग्रामीण तहसम्म बीमाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ प्रदेश बीमा सम्बन्धी विधेयक तर्जुमा गर्न अवधारणापत्र स्वीकृतिको प्रक्रिया थालिएको हो । प्रदेश सरकारको कार्यविभाजन नियमावली अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले यस सम्बन्धी कानुनको प्रारम्भिक मस्यौदा प्रक्रिया अघि बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)