सामाजिक सञ्जालमा मन्त्री पुनको असभ्य उत्तर
ratopati.com · Sun Nov 01 16:13:29 UTC 2026

काठमाडाैँ। महावीर पुन सोझा र इमानदार व्यक्तित्वका रूपमा चिनिन्छन् । तर उनले मन्त्री भएपछि पनि सामाजिक सञ्जालमा आफ्ना पोस्टमा आएका कमेन्ट तथा प्रयोगकर्ताहरूसँग विवाद गर्न भने छाडेका छैनन् । आफूलाई चित्त नबुझे उनी पोस्टमा प्रतिउत्तर दिन भ्याइहाल्छन् ।
शनिबार दिउँसो मन्त्री पुनले विवादित व्यवसायी इनम सापकोटाबारे फेसबुकमा एक स्टाटस लेखेका थिए । जहाँ सयौँ कमेन्ट आएका छन् । तीमध्ये केहीमा पुनले प्रतिउत्तर दिएका छन् । एक प्रयोगकर्ताले ‘मैले इन्टरनेटमा सर्च गर्दा त महाबिर पुन को चेला हो भनेर देखायो त’ भनी लेखेका छन् । जहाँ उनले ‘ तिमीले आलु इन्टरनेट चलाएका रहेछौ।’ भनी उत्तर फर्काएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)