पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
khabarhub.com · Sun Nov 01 16:22:42 UTC 2026

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उनको घरमा अचानक हुलाकका कर्मचारी आइपुगे । उनीहरूको हातमा थियो, बाह्रघरेकै राहदानी । घरमै आमाबुवासँग बसेर राहदानी लिन एक–दुई दिनभित्रै जिल्ला प्रशासन कार्यालय जाने सल्लाह भइरहेको थियो । तर सदरमुकाम पुग्नुपर्ने झन्झट नहुँदै राहदानी घरकै दैलोमा आइपुगेपछि बाह्रघरे दङ्ग परे ।
“पासपोर्ट लिन जिल्ला प्रशासन जाने सल्लाह हुँदै थियो”, उनले भने, “हुलाकका कर्मचारीले घरमै ल्याइदिनुभयो ।” राहदानी लिन कार्यालयसम्म पुग्नै नपरी घरमै प्राप्त गर्न सकिन्छ भन्ने आफूले कल्पनासमेत नगरेको बाह्रघरेको भनाइ छ । सरकारी सेवा घरदैलोमै आइपुग्दा उनका लागि यो राहदानी प्राप्त गर्ने सहज माध्यम मात्र बनेन, राज्यबाट सेवा लिन नागरिकले भोग्दै आएको झन्झट कम भएको अनुभूति पनि बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)