मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

ratopati.com · Sun Nov 01 16:25:31 UTC 2026

पाल्पा । राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उनको घरमा अचानक हुलाकका कर्मचारी आइपुगे । उनीहरूको हातमा थियो, बाह्रघरेकै राहदानी ।

घरमै आमाबुवासँग बसेर राहदानी लिन एक–दुई दिनभित्रै जिल्ला प्रशासन कार्यालय जाने सल्लाह भइरहेको थियो । तर सदरमुकाम पुग्नुपर्ने झन्झट नहुँदै राहदानी घरकै दैलोमा आइपुगेपछि बाह्रघरे दङ्ग परे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)