दशौँ राष्ट्रिय खेलकुदः मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल
barnanmedia.com · Sun Nov 01 15:58:04 UTC 2026
आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता दिने र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग सुर्खेतमा छलफल गर्नुभएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनास्थल रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो । सुर्खेतमा सम्पन्न उक्त भेटमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लबीच प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न सङ्घीय र प्रदेश सरकारबीच हुनुपर्ने समन्वय, पूर्वाधारको अवस्थालगायत विषयमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)