ट्राईब्रेकरमा न्यू यूस्टार सुनसरीले चित्लाङलाई ४-२ अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश
gorkhapatraonline.com · Sun Nov 01 16:38:07 UTC 2026
गाईघाट फूटबल समूहको आयोजनामा शनिबारदेखि जारी प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा चित्लाङ एफसीलाई टाइब्रेकरमा हराउदै न्यु स्टार एफसी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
उदयपुरको थारुहट रंगशाला गाईघाटमा जारी फूटबल प्रतियोगितामा निरन्तर ९० मिनेट सम्म भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा न्यु स्टार सुनसरीले चित्लाङ समूहलाई एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)