मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर

ratopati.com · Sun Nov 01 16:52:43 UTC 2026

काठमाडौँ । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । प्रतियोगिताको तेस्रो संस्करणका लागि काठमाडौँ गोर्खाजमा अनुबन्ध भएका उनी आइतबार राति काठमाडौँ आइपुगेका हुन् ।

नेपाल आइपुगेसँगै वार्नर सोमबार नै काठमाडौँ गोर्खाजका तर्फबाट मैदान उत्रनेछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सोमबारको पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन् । उक्त खेल दिउँसो साढे १२ बजे सुरु हुने तय छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)