नेपालगन्ज भन्सारमा राजस्व सङ्कलन वृद्धि
gorkhapatraonline.com · Sun Nov 01 17:01:27 UTC 2026

पश्चिम नेपालकै ठुलो भन्सार कार्यालयमध्ये एक नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काले दिनुभएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी तीन महिनामा पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ ।
उहाँले गत आवको सोही अवधिमा चार अर्ब ४७ करोड ६४ लाख रुपियाँ राजस्व सङ्कलन भएको जनाउँदै चालु आवको तीन महिनामा गत आवको तीन महिना भन्दा ७७ करोड रुपियाँ राजस्व सङ्कलन वृद्धि भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)