देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु
ratopati.com · Sun Nov 01 17:30:18 UTC 2026

काठमाडौँ । गत वैशाखदेखि कात्तिक १५ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंश, पहिरो, बाढी, चट्याङ, आगलागी, लेक लाग्ने, जनावरको आक्रमण, हिउँपहिरो, हुरीबतास, भारी वर्षा, डुङ्गा पल्टिने, वन डढेलो, विस्फोटन, असिना र भूकम्पलगायतका विपद्का घटना भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)