मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

gorkhapatraonline.com · Sun Nov 01 17:26:43 UTC 2026

राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उहाँको घरमा अचानक हुलाकका कर्मचारी आइपुगे । उनीहरूको हातमा थियो, बाह्रघरेकै राहदानी । घरमै आमाबुवासँग बसेर राहदानी लिन एक–दुई दिनभित्रै जिल्ला प्रशासन कार्यालय जाने सल्लाह भइरहेको थियो । तर सदरमुकाम पुग्नुपर्ने झन्झट नहुँदै राहदानी घरकै दैलोमा आइपुगेपछि बाह्रघरे दङ्ग पर्नुभयो ।

“पासपोर्ट लिन जिल्ला प्रशासन जाने सल्लाह हुँदै थियो”, उहाँले भन्नुभयो, “हुलाकका कर्मचारीले घरमै ल्याइदिनुभयो ।” राहदानी लिन कार्यालयसम्म पुग्नै नपरी घरमै प्राप्त गर्न सकिन्छ भन्ने आफूले कल्पनासमेत नगरेको बाह्रघरेको भनाइ छ । सरकारी सेवा घरदैलोमै आइपुग्दा उहाँका लागि यो राहदानी प्राप्त गर्ने सहज माध्यम मात्र बनेन, राज्यबाट सेवा लिन नागरिकले भोग्दै आएको झन्झट कम भएको अनुभूति पनि बन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)