सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
ratopati.com · Sun Nov 01 18:30:04 UTC 2026
बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९ अङ्क ल्याएर प्रथम भएको हो ।
नेपालगन्ज स्विमिङ क्लबले यसअघि आयोजना गरेको ‘दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता’को उपाधि पनि सगरमाथा स्विमिङ क्लब विजेता हो । प्रतियोगितामा नयाँदिल्ली, भारतको इलाइट स्विमिङ एकेडेमीले १७४ अङ्क ल्याएर दोस्रो भएको हो । त्यसैगरी कोहलपुर, बाँकेको शिखा एकेडेमीले ९५ अङ्क ल्याएर तेस्रो भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)