मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

ratopati.com · Sun Nov 01 19:00:00 UTC 2026

काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ ।

श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३ आयोजना गर्न लागिएको आइतबार यहाँ आयोजित कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमका वक्ताले वैदिक मन्त्र द्रष्टा ऋषिमुनिको तपस्थली नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्नु आवश्यक रहेकामा जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)