भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
barnanmedia.com · Sun Nov 01 20:15:00 UTC 2026

भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आइतबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित प्रदर्शन गरेका छन् ।
विपक्षी गठबन्धन ‘इन्डिया’को आह्वानमा भएको प्रदर्शनमा हजारौँ मानिस सहभागी भए । उनीहरूले विभिन्न झण्डा बोकेर बाजागाजासहित केन्द्र सरकारका नीतिविरुद्ध नाराबाजी गरेका थिए । सन् २०२३ मा मोदी सरकारलाई सत्ताबाट हटाउने उद्देश्यले गठन गरिएको गठबन्धनमा आबद्ध दलहरूले विभिन्न राज्यबाट आफ्ना कार्यकर्ता भेला गराएका थिए । नयाँदिल्लीमा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको केही सातापछि यो प्रदर्शन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)