मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

barnanmedia.com · Sun Nov 01 22:46:28 UTC 2026

चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी सञ्चालन गरेको अभियानमा हालसम्म दुई हजार ३३३ वटा गोटी, ५३६ वटा पाल र ४०८ वटा बाल्टिन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा दर्जनौँ जनालाई नियन्त्रणमा लिएर उनीहरूलाई एक रात प्रहरी नियन्त्रणमा राखेर सम्झाई बुझाइ गरी अबदेखि नखेल्ने प्रतिबद्धतासहित कागज गराएर अभिभावकको जिम्मा लगाइएको छ । उनले भने, “लङ्गुर बुर्जामा जितहार हुने भएकाले जुवाकै एक स्वरूप हो । यसमा मानिसले पैसा अनावश्यक रूपमा खर्च गर्ने गरेको पाइएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)