भोटेकोशी बाढीले खोसेको खुसी: सम्पर्कविहीन परिवारमा आएनन् चाडपर्व
ratopati.com · Wed Sep 16 23:33:45 GMT 2026

महोत्तरी । भोटेकोशी बाढीयता सांस्कृतिक उत्सव र पारम्परिक पर्व आए गए । महोत्तरीका सम्पर्कविहीन परिवारमा भने चाडबाड आएनन् । सधैँ बाबुको मुख हेर्ने दिन फोन गर्ने खोजी गर्ने र अनुकूल समय मिलाएर कुनै वर्ष छोराले आफ्नै हातले विभिन्न परिकार खुवाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव विष्टका दिन रुँदै बित्दैछन् । तीजमा सधैँ भाइको सम्झना पाउने ध्रुवकी छोरी सिर्जनाले पनि यसपालिको पर्व रुँदै बिताइन् ।
“प्रत्येक वर्ष भाइ तीज आउन पाँच/सात दिनपहिले नै फोन गरेर लिन आउने कुरा गर्थ्यो, सोधखोज गर्थ्यो, यसपालि भने उसको खबर सुन्न नपाई पर्व बित्यो । अझै उसको केही पत्तो लाग्न सकेन,” सिर्जना रुँदै बह पोख्छिन् । यस परिवारका सौभाग्य विष्ट गत भदौ १० को भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि घरमा न चाडबाड आएको कसैलाई हेक्का छ । न आँखा नै ओभाउन पाएका छन् । भाइ सम्पर्कविहीन भएको खबरले हतास भएर दौडदै माइतघर आउनुभएकी सिर्जनालाई आफू जन्मी हुर्केको घर अहिले बिरानो झैँ लाग्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)