सिँचाइ कुलो निर्माणले लेखर्कमा धान उत्पादन बढाउन सहज
barnanmedia.com · Sun Nov 01 23:47:42 UTC 2026

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कको काभ्रेबेँसीलगायत क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि किसानलाई धानखेती गर्न सहज भएको छ । विगतमा सिँचाइको अभावमा खेतीपाती गर्न समस्या भोग्दै आएका किसान कुलो निर्माण भएपछि यस वर्ष सहज रूपमा धान उत्पादन गर्न सफल भएका हुन् ।
लेखर्क तथा काभ्रेबेँसी क्षेत्रलाई लक्षित गरी विभिन्न स्थानमा सिँचाइ कुलो निर्माण तथा विस्तार गरिएपछि खेतीयोग्य जमिनमा पानी पुर्याउन सहज भएको स्थानीय किसान टङ्कप्रसाद घिमिरेले बताउनुभयो । आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकामा कुलो निर्माणपछि धानखेती गर्न सहज भएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)