ऐनको प्रभावकारिता मापन गर्न संसदीय पहल
gorkhapatraonline.com · Mon Nov 02 00:27:09 UTC 2026

संसद्ले कानुन निर्माण गरेपछि त्यसको कार्यान्वयन प्रभावकारिताको मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले छ वटा ऐन छनोट गरी कार्यान्वयनको अवस्था मापन गर्न अध्ययन तथा सिफारिस प्रतिवेदन प्राप्त गरेको छ ।
समितिले गत साउन ४ गते ऐन कार्यान्वयन मापन अध्ययन तथा सिफारिस उपसमिति गठन गरेको थियो । उपसमितिका संयोजक डा. अञ्जान शाक्यले कात्तिक १३ गते समितिका सभापति कृष्णबहादुर रोकायलाई अध्ययनसम्बन्धी प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)