हिमाली पर्यावरण संरक्षणको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने रणनीति
annapurnapost.com · Mon Nov 02 00:41:24 UTC 2026

दार्चुला : हिमालको शिरमा टल्किने हिउँ, फेदीमा फैलिएका विशाल पाटन, नीलो आकाशमुनि मुस्कुराइरहेका हिमताल र चारैतिर फैलिएको प्राकृतिक सौन्दर्य। प्रकृतिले अनुपम उपहारका रूपमा सजाएको दार्चुलाको अपि हिमाल अहिले आफ्नो पहिचान विश्वमाझ पुर्याउने अभियानमा जुटेको छ।
अपि हिमालले पर्यटन प्रवद्र्धनसँगै जलवायु परिवर्तन र हिमाली पर्यावरण संरक्षणको मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसमा पुर्याउने प्रयास थालेको छ। अपि हिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म गाउँपालिका–१ स्थित अपि हिमाल आधार शिविरको पिलकन्दमा तीन दिने ‘अपि हिमाल पर्यटन उत्सव–२०८३’ आयोजना गर्दैछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)