अग्निपरीक्षामा न्यायालय खरो उत्रोस्
ratopati.com · Mon Nov 02 00:45:00 UTC 2026

प्रधानमन्त्रीले समेत आफ्नो इच्छाअनुसार चलाउन नसक्ने सर्वोच्च अदालतका न्यायाधीशहरू एउटा बिचौलियालाई भेट्न आफैँ होटलसम्म पुग्नुपर्ने अवस्था कसरी आयो ? आखिर त्यस्तो के शक्ति थियो त्यो बिचौलियासँग, जसका अगाडि न्यायमूर्ति नै होटलको ढोकासम्म पुग्नुभयो ? कस्तो डर थियो, कस्तो दबाब थियो अथवा कस्तो स्वार्थ थियो ? जसले न्यायमूर्तिहरूलाई यस्तो भेटघाट गर्नुपर्ने अवस्थामा पुर्यायो ।
नेपालको सर्वोच्च अदालतका केही न्यायाधीशहरू एउटा विवादास्पद व्यक्तिलाई होटलमा भेट्न पुगेको घटनाले न्यायालयको गरिमा र न्यायिक निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ । सम्बन्धित न्यायाधीशहरूले भेट भएको स्वीकार गर्दै विभिन्न दबाब र परिस्थितिको प्रसङ्ग उठाएका छन् । तर दबाब थियो भन्ने स्पष्टीकरणले मात्रै यो घटनाको नैतिक र संस्थागत प्रश्न समाप्त हुँदैन । बरु यसले अर्को प्रश्न जन्माउँछ– दबाब थियो भने त्यसको सामना गर्ने कानुनी बाटो हुँदाहुँदै होटलमा पुगेर बिचौलियासँग भेट्नुपर्ने बाध्यता किन आइलाग्यो ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)