स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते
hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-९ गाइँस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार साँझ हुवासबाट वालिङतर्फ आउँदै गरेको ग.१ त. ५७६९ नम्बरको ट्याक्टर सडकको बायाँ किनारमा पल्टिएको थियो। दुर्घटनामा ट्याक्टरमा सवार पाँच जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)