मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा रमाउँदै रोशन, वार्षिक १५ लाख आम्दानी

onlinekhabar.com · Mon Nov 02 00:34:22 UTC 2026

१६ कात्तिक, सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन् ।

सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर ५० हजार रुपैयाँ लगानीमा च्याउखेती सुरु गरेका थिए । विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गरेको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)