मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित

onlinekhabar.com · Mon Nov 02 00:44:13 UTC 2026

१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका कारण समस्यामा परेका छन् । तिहार तथा विभिन्न मेला महोत्सवलाई लक्षित गरी लगाइएको सयपत्री, मखमली लगायतका फूल वर्षात र हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका–६ सिमाघाट र रेसुङ्गा नगरपालिका–३ बेहोरेमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसानको उत्पादनमा वर्षातले ठूलो क्षति पुर्‍याएको छ । पछिल्लो समय कृषिलाई मुख्य व्यवसाय बनाएर आत्मनिर्भर बन्ने प्रयासमा लागेका युवा किसानको फूल खेतीमा प्राकृतिक विपत्तिले असर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)