मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सरकारले एआईसम्बन्धी तालिम दिने

gorkhapatraonline.com · Mon Nov 02 00:57:54 UTC 2026

काठमाडौँ, कात्तिक १६ गते । सरकारले यही सातादेखि युवालाई लक्षित गरेर दुईदिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते बेरोजगार युवालाई लक्षित गरेर एआईको प्रभावकारी प्रयोगका विषयमा निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको हो ।

मन्त्रालयका अनुसार तालिम बिहान १० बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म गरी चार वटा छुट्टाछुट्टै सत्रमा सञ्चालन गरिने छ । चार वटा सत्रमा प्रतिसत्र पाँच सय जनाका दरले दुई हजारसम्म सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)