बंगलादेशमा तलब वृद्धिको माग गर्दै पोसाक उद्योगका श्रमिकले गरे प्रदर्शन
annapurnapost.com · Mon Nov 02 01:03:11 UTC 2026

काठमाडौं : बंगलादेशको राजधानी ढाकासहित तीन क्षेत्रमा आइतबार पोसाक उद्योगका श्रमिकहरूले तलब वृद्धिको माग गर्दै प्रदर्शन गरेका छन्। सो क्रममा विभिन्न स्थानमा हिंसात्मक झडपसमेत भएको छ।
ढाकाको मिरपुर क्षेत्रमा श्रमिकहरूले सडक अवरुद्ध पारेका थिए। प्रदर्शनकारीहरूले प्रहरीमाथि इँटा तथा ढुङ्गा प्रहार गर्नुका साथै प्रहरीको एउटा गाडीमा आगजनी गरेका छन्। उता गाजीपुरमा श्रमिकहरूले राजमार्ग अवरुद्ध गर्दै प्रहरी चौकीमा आगो लगाएका छन् भने अशुलियामा कम्तीमा ३० वटा उद्योग बन्द भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)