मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिकको सम्पूर्ण लागत खर्च रोजगारदाताले बेहोर्ने प्रस्ताव

gorkhapatraonline.com · Mon Nov 02 01:27:25 UTC 2026

काठमाडौँ, कात्तिक १६ गते । श्रमिकको सम्पूर्ण लागत खर्च रोजगारदाताले बेहोर्ने गरी नेपाल र मौरिसस सरकारबिच (जिटुजी) प्रणालीमार्फत श्रमिक भर्ती गर्ने प्रक्रिया अघि बढेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आग्रहमा रोजगारदाताबाट लागत बेहोर्ने गरी नेपाली श्रमिक लिन मौरिसस सहमत भएपछि जिटुजीको प्रक्रिया अगाडि बढाइएको हो ।

मन्त्रालयका अनुसार मौरिससको नयाँदिल्लीस्थित उच्च आयोगले सन् २०२६ अक्टोबर २९ मा नेपालको परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गर्दै समझदारीपत्रको संशोधित मसौदा उपलब्ध गराएको छ । प्रस्तावित समझदारीमार्फत उत्पादन, निर्माण, कृषि, पर्यटन तथा सूचना प्रविधिलगायतका क्षेत्रमा नेपाली श्रमिकका लागि आकर्षक पारिश्रमिक र सेवा सुविधासहितका रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)