मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाई

clickmandu.com · Mon Nov 02 01:29:32 UTC 2026

सुर्खेत । आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित दानिगढ क्षेत्रमा फसेका उनीहरूको उद्धार हुन सकेको छैन । उनीहरू फसेको जानकारी जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा प्राप्त भएको थियो ।

दुई महिला र चार पुरुषसहितका भारतीय पर्यटक डोल्पोबुद्ध गाउँपालिकाको धोबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा हिमपातमा परेका हुन् । शे–फोक्सुण्डो गाउँपालिका–४ को सल्दाङ र वडा नम्बर ८ बीचको हिमाली क्षेत्रमा पर्ने दानिगढमा बाक्लो हिउँ जमेर आवतजावत अवरुद्ध भएपछि उनीहरू त्यहाँ रोकिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)