युक्रेनको ‘एयर अलर्ट’ एप ह्याक, किभमा विकिरणको झुटो चेतावनी
baahrakhari.com · Mon Nov 02 01:39:00 UTC 2026

काठमाडौं । युक्रेनको हवाई आक्रमणसम्बन्धी सतर्कता एप ‘एयर अलर्ट’ आइतबार ह्याक भएको छ । ह्याकपछि राजधानी किएभमा विकिरण, रासायनिक आक्रमण र सडकमा लडाइँको खतरा रहेको भन्दै गलत सन्देश पठाइएको युक्रेनी वायुसेनाले जनाएको छ ।
वायुसेनाले टेलिग्राममार्फत एपमा सम्भवतः विरोधी पक्षबाट हस्तक्षेप भएको जनाएको छ । उसले किभमा विकिरणको कुनै खतरा नरहेको स्पष्ट पार्दै सर्वसाधारणलाई शान्त रहन र आधिकारिक च्यानलबाट आउने सूचना मात्र पछ्याउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)