ग्लोबल आईएमईको पूँजी पर्याप्तता, प्रतिशेयर वितरणयोग्य नाफा र गैर–सञ्चालन आम्दानीमा संकुचन
bishowkhabar.com · Mon Nov 02 01:49:42 UTC 2026

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकका प्रमुख वित्तीय सूचकहरूमा संकुचन देखिएको छ । बैंक स्तरको तथ्याङ्क अनुसार पूँजी पर्याप्तता, प्रतिशेयर वितरणयोग्य नाफा, खुद सम्पत्ति मूल्य र गैर–सञ्चालन आम्दानी घट्दा सञ्चालन खर्चमा भने वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा बैंकको जोखिम भारित सम्पत्तिको अनुपातमा पूँजी कोष घटेको छ । गत वर्षको सोही अवधिमा १२.९८ प्रतिशत रहेको कुल पूँजी कोष अनुपात चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १.६६ प्रतिशत विन्दुले घटेर ११.३२ प्रतिशतमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)