बौद्धिक पलायनको प्रभाव
gorkhapatraonline.com · Mon Nov 02 01:56:44 UTC 2026

नेपाली समाज बौद्धिक पलायनको विषयलाई लिएर निकै चिन्तित हुन थालेको छ । जीवनको झन्डै पच्चिस वर्ष खर्चेर शिक्षित र दीक्षित बनेको सबल र दक्ष जनशक्ति रोजगारी र सुन्दर भविष्यका लागि भन्दै लाखौँ रकम खर्च गरी बिदेसिन्छ । युवापुस्ता अनेकौँ सास्ती र ठक्कर खाएर, परिवारलाई लाखौँ रुपियाँको ऋण बोकाएर राम्रो शिक्षा र भरपर्दो रोजगारीको खोजीमा विदेश नै जाने सपना बुनिरहेको हुन्छ ।
कक्षा १२ पास गर्नेबित्तिकै युवाको योजना जसरी भए पनि विदेश जानु नै हो भन्ने हुन्छ । केही भने स्नातक गरेर जाने योजना बुन्दै त्यसैको तयारीमा लागिपरेका हुन्छन् । त्यति मात्र नभई स्नातकोत्तर तह प्रथम श्रेणीमा पास गरेका व्यक्तिले समेत आफ्नो भविष्य विदेशमै देख्छ । उसले देशभित्रै अवसर खोज्नुभन्दा विदेश उड्ने उपाय मिलाउन बढी मेहनत गरिरहेको हुन्छ । पढेलेखेका र योग्य भएका जवान सन्ततिलाई विदेशी भूमिमा पठाउन बाबुआमाको मन त्यति धेरै मानिरहेको हुँदैन तर पनि जान्ने बुझ्ने भएका सन्ततिको अगाडि उनीहरूको केही चल्ने अवस्था रहँदैन । अन्ततः बौद्धिक र शरीरिक रूपमा बलियो, सक्षम, सबल युवा देशलाई चटक्कै माया मारेर बिदेसिनु आमप्रचलन झैँ भएको छ । जुनसुकै पेसा, व्यवसायमा जोडिएका युवा भए पनि विदेश जाने मोहबाट टाढिन सकेका छैनन् । यसका पछाडिका कारण के के हुन सक्लान् ? प्रश्न गम्भीर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)