मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

khabarhub.com · Mon Nov 02 01:52:42 UTC 2026

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)