भूउपयोग नीतिमा सुधार
gorkhapatraonline.com · Mon Nov 02 02:06:39 UTC 2026

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीले त्रिशूली आसपासका बस्तीमा ठुलो मानवीय र भौतिक क्षति पग्यो । बाढीले कतिपय बस्ती र भौतिक पूर्वाधारको अस्तित्वसमेत नरहने गरी नामेट गरिदियो । भूमण्डलीय उष्मीकरण वा अरू कुनै प्राकृतिक कारणले उच्च हिमाली क्षेत्रमा रहेको हिमतालमा विशाल हिमचट्टान खस्दा ताल फुटेर ह्लेन्दे नदी हुँदै भोटेकोशी नदीमा एक्कासि बाढी उर्लिएको थियो । यो सामान्य पानीको बहाब मात्र थिएन । साँघुरा खोँचमा विशाल चट्टान र गेग्य्रानसहितको पानीको बहाबले नदी ३०–३५ मिटर माथिसम्म उर्लिएर आउँदा चार हजारभन्दा बढी व्यक्ति बेपत्ता भए । बस्ती, जलविद्युत् आयोजना, सडक, पुललगायतका खर्बौं मूल्य बराबरका भौतिक संरचना पनि नष्ट भए ।
यस्तै बुढीगण्डकी नदी पनि एकाएक उर्लेर आयो । हिमपहिरोको कारण यो नदीमा बाढी आएको भनियो । यो बाढीमा पनि केही व्यक्तिले ज्यान गुमाए । धेरैले विस्थापित हुनु प¥यो । त्यहाँको जलविद्युत् आयोजनामा क्षति पु¥यायो । पटक पटक आउने यस्ता विपत्ति नेपालका लागि नौलो होइन तर यसको जिम्मेवार को हो भन्ने प्रश्न टड्कारो बनेको छ । यो दोष प्रकृतिलाई मात्र दिने हो कि हामी पनि कहीँकतै जिम्मेवार छौँ त ?
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)