इलाममा धारिलो हतियार प्रहारबाट एक जना घाइते, तीन जना पक्राउ
ratopati.com · Mon Nov 02 02:42:03 UTC 2026

इलाम । इलामको इलाम नगरपालिका–४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
आज दिउँसो करिब ४:३० बजे सोही स्थान बस्ने २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले सुवास लोहारमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट उनको गाला, टाउको र खुट्टामा चोट लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)