आक्रमणको त्रासमा साउदीको आभामा राष्ट्रिय आपत्कालीन चेतावनी जारी
corporatenepal.com · Mon Nov 02 02:32:50 UTC 2026

काठमाडौं । सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै साउदी अरबको आभा सहरमा आइतबार राष्ट्रिय आपत्कालीन चेतावनी जारी गरिएको छ। प्रशासनले स्थानीय बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। बीबीसी उर्दुका अनुसार साउदी नागरिक रक्षा विभागले सुरक्षा निर्देशिका जारी गर्दै सर्वसाधारणलाई तत्काल घरभित्र वा सुरक्षित आश्रयस्थलमा जान भनेको छ। घरभित्र रहेका व्यक्तिलाई झ्याल नभएको कोठामा बस्न तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन निर्देशन दिइएको छ।
विभागले जोखिम कायमै रहँदासम्म खुला क्षेत्र, झ्याल, बाल्कोनी र छानाबाट टाढा रहन पनि आग्रह गरेको छ। घरबाहिर रहेका व्यक्तिलाई नजिकैको भवन वा बलियो पर्खालको आडमा सुरक्षित हुन सुझाव दिइएको छ। त्यस्तै, सवारीसाधन चलाइरहेका व्यक्तिलाई सुरक्षित स्थानमा गाडी रोकेर आश्रय लिन तथा पुल र अग्ला भवनबाट टाढा रहन भनिएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा जान र अनावश्यक रूपमा मानिसहरू भेला हुन पनि प्रशासनले रोक लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)