आज मलेखु–मुग्लिङ सडकखण्ड तीन घण्टा पूर्ण बन्द
hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज सोमबार तीन घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। सडक खण्डको धादिङस्थित मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने काम गर्नुपर्ने भएकाले बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको मुख्य संरचना राख्ने काम सुरक्षाका दृष्टिले संवेदनशील भएकाले उक्त अवधिमा साना तथा ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)