मलेखु-मुग्लिन सडक आज ३ घण्टा बन्द रहने
nepalsamaya.com · Mon Nov 02 02:45:10 UTC 2026

धादिङ- धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि पृथ्वी राजमार्ग तीन घण्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आगामी सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रको पृथ्वी राजमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइने जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)