मध्यावधि चुनावमा ट्रम्पको अग्निपरीक्षा, सिनेटका यी १० सिटमा किन छ नजर ?
kendrabindu.com · Mon Nov 02 03:01:22 UTC 2026

काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनौती बढाउन सक्ने विश्लेषण गरिएको छ । यस चुनावले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा) गरी अमेरिकी संसद्का दुवै सदनको शक्ति सन्तुलन निर्धारण गर्नेछ । यसपटक सिनेटका १०० मध्ये ३५ सिटमा चुनाव हुँदै छ । तीमध्ये ३३ नियमित र दुई विशेष चुनाव हुन् ।
हाल सिनेटमा रिपब्लिकन पार्टीका ५३ र डेमोक्रेटिक पार्टीका ४५ सदस्य छन् । दुई स्वतन्त्र सांसदले डेमोक्रेटहरूसँग मिलेर काम गरिरहेका छन् । यस्तो अवस्थामा सिनेटमा रिपब्लिकनको बहुमत खोस्न डेमोक्रेटहरूले कम्तीमा चार सिट थप जित्नुपर्ने हुन्छ । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)