मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमा उन्नाइस विकास आयोजना रुग्ण

gorkhapatraonline.com · Mon Nov 02 03:04:17 UTC 2026

सुर्खेत, कात्तिक १६ गते । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले रुग्ण आयोजनाको समस्या समाधान गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायी र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आयोजित ‘रुग्ण आयोजना समीक्षा, समस्या समाधान तथा आयोजना सम्पन्नता’ सम्बन्धी छलफलमा उहाँले विकास निर्माणका काममा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने जनाउनुभयो ।

निर्माण व्यवसायीका वास्तविक समस्या समाधान गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै उहाँले काम सम्पन्न गर्न देखिएका अवरोधबारे सम्बन्धित जिल्ला कार्यालय र मन्त्रालयमा आएर स्पष्ट छलफल गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता जनाउने तर कार्यप्रगति नदेखाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै आवश्यक सहजीकरण गर्दा पनि जिम्मेवारी पूरा नगर्ने र काम अगाडि नबढाउने प्रवृत्तिलाई निरन्तर छुट दिन नसकिने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)