वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन
nepalviews.com · Mon Nov 02 03:22:40 UTC 2026

सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्।
सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर ५० हजार रुपैयाँ लगानीमा च्याउखेती सुरु गरेका हुन्। विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गरेको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)