तस्बिरमा हेर्नुहोस्, बुढीगण्डकीमा आएको बाढीले गोरखामा पुर्याएको क्षति
ratopati.com · Mon Nov 02 03:35:12 UTC 2026

गोरखा । गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न बस्ती र बजारमा ठुलो क्षति पुर्याएको छ। बाढीले घर, पसल, गोदाम र अन्य भौतिक संरचनामा क्षति पुर्याउनुका साथै आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुलसमेत बगाएको छ।
बाढीका कारण आरुघाट गाउँपालिकाको शान्तिबजार, धार्चे गाउँपालिका-५ को माछिखोला बजार र नदी किनारका अन्य बस्तीहरू नराम्ररी प्रभावित भएका छन्। माछिखोला क्षेत्रमा पसल र गोदाममा ठुलो क्षति भएको छ। यसैगरी केरौँजा जाने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ भने सल्लेरी र जगत बजारमा पनि बाढीले ठुलो असर पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)