पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड तीनघण्टा बन्द हुने
ajakoartha.com · Mon Nov 02 03:18:00 UTC 2026

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग ९गर्डर० राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो २ स्०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)