धरानमा हवाईफायर, पाँचजना पक्राउ
baahrakhari.com · Mon Nov 02 03:42:00 UTC 2026

काठमाडौं । प्रहरीले हवाईफायर गरी पाँचजनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुई स्कोर्पियो गाडीमा गाँजा ‘लोड’ गर्दै गरेका पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाईफायर गरेको थियो । हवाईफायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)